रिडीमा माघेसक्रान्ति मेलाकाे तिव्र तयारी, मुख्य आकर्षणमा “तिनमुखेपुल”

295

गुल्मी, पुस ३०, २०७९ । नेपालकै प्रसिद्ध रुरुधाममा कालिगण्डकी स्नान र भगवान ऋषिकेश लगाएतका मठ मन्दिरमा माघे सक्रान्ति मेला भर्न आउने दर्शन गर्नेहरुको भिड यो वर्ष थामि नसक्ने हुने अनुमन गरिएको छ ।

तिनमुखे पुलको निर्माण सम्पन्न भएपछिको यो पहिलो मेला भएकाले पनि मेलाको आकर्षण अझै बढ्ने अनुमान गरिएको हो । आदी अनादी कालदेखि रिडीमा लाग्ने माघेसक्रान्ति मेलामा विगतमा कोभिडका कारण खासै रौनकता देखिएको थिएन तर यो वर्ष माघेसक्रान्ति मेलामा दर्शनार्थी हरुको राम्रै आगमन हुने देखिएको पत्रकार चुरामणि तिमिल्सनाले बताए । धार्मिक र साँस्कृतिक रुरुक्षेत्रको रुरुधामलाई धार्मिक पर्यटन सँग जोड्न परम्परागत रुपमा चल्दै आएको माघेसक्रान्ति मेलाको तयारी शुरु समेत भईसकेको छ ।

साँस्कृतिक कार्यक्रम सहित, बालउधान,कृषि मेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनी सहित मेलाको भव्य तयारी गरिएको छ । रिडीकै पाल्पा क्षेत्रमा पनि मेलाको तयारी छ, भने स्याङ्जा क्षेत्रमा भलिवल प्रतियोगिता सहितको मेला लाग्ने भएको ले यो वर्ष गुल्मी स्याङ्जा र पाल्पामा लाग्ने विविध मनोरन्जन सहितको अवलोकन गर्न रुरुधाममा निर्माण सम्पन्न भएको तिनमुखे पुलले विशेष महत्त्व राख्ने छ ।

माघ महिनामा कालिगण्डकीमा स्नानको विशेष महत्त्वपूर्ण हुने र यसमा पनि माघेक्रान्तिको मकर स्नानको अझै धार्मिक महत्त्व हुने कारणले पनि रुरुधाममा तिर्थालुको घुँईचो लाग्ने गर्छ । कोभिड महामारीका कारण गत वर्ष रिडीबजारमा माघेसक्रान्ति मेला लागेन । कोभिड सँक्रमण भन्दा अगाडिका वर्ष हरुमा स्थानिय सँघ सँस्थाको पहलमा रिडी बजारमा माघेसक्रान्तिलाई लक्षित गरेर ठुला मेला हरुको आयोजना गरिँदै आएको थियो । डी रुरुधामको आन्तरिक पर्यटन प्रवर्द्धनमा विशेष महत्त्व राख्ने पर्वको रुपमा अझैपनि स्थापित रहेको छ ।