माघ-३ गते सन्धिखर्कको त्रिवेणीधाम मेलामा कुशल बेल्वासेको बेजोड प्रस्तुती रहने

339

अर्घाखाँची, ३० पुस । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १ र २ को संगमस्थल त्रिवेणीधाममा माघी मेला लाग्ने भएको छ । स्थानीय व्यापारी व्यवसायीहरुको आयोजनामा माघ १ गतेदेखी ३ गतेसम्म लाग्ने बृहत सांस्कृतिक तथा व्यापार मेलामा राष्ट्रिय ख्यातीप्राप्त कलाकार कुशल बेल्वासेको बेजोड प्रस्तुति माघ ३ गते हुने भएको छ । आयोजकको निमन्त्रणामा कलाकार बेल्वासे ३ गते सन्धिखर्कको मेलामा आउँन लागेको हिन्दुखबर डटकमलाई जानकारी दिए ।

अर्घाखाँचीको पटौटीमा जन्मिएका बेल्वासेले दर्जनौ चर्चित गित बजारमा ल्याएका छन् । हातैका पौजाले, चिनै मिलेन, सनिसार लगाएतका गित चर्चित भएका हुन । बेल्वासेसँगै अन्य कलाकारहरु पनि आउँने आयोजकले जनाएको छ ।

माघ १ गते जिल्ला स्थित कृषि ज्ञान केन्द्र, प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लगाएतका संस्थाहरुले कृषि प्रदशनी गर्ने कार्यक्रम तय भएको छ ।

मेलाको अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक सहयोगमा निःशुल्क कफि पिउने व्यवस्था गरिएको प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताए । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले पनि मेलामा ल्याउँने कृषिजन्य पर्दशनीलाई पुरस्कार दिने भएको छ ।

May be an image of 5 people and text