घनश्याम पौडेल
अर्घाखाँची, १२ माघ । नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको बैठक सम्पन्न भएको माघ ११ गते हिजो र १२ गते आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद पुनःस्थापनाको विषयमा जिल्लाभर भएका आन्दोलनको समिक्षा गरेको छ । प्रदेश निर्वाचन क्षेत्र, नगर पालिका मुकाम र वडावडामा भएको आन्दोलन प्रभावकारी रहेको काँग्रेसले निष्कर्ष निकालेको छ ।
पार्टीले तोकेको आन्दोलनमा सक्रिय सहभागी सबैलाई धन्यवाद व्यक्त गरिएको नेपाली काँग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले बताउँनुभयो । त्यस्तै बैठकले संगठन निमार्ण विशेष अभियान पनि सञ्चालन गर्ने भएको छ ।
पाणिनीको वडा नं. ३ खिदिम, छत्रदेवको वडा नं. ३ बल्कोट, शितगंगाको वडा नं. १, २, ६, ७, ८, ९, ११, १२, १३, १४ वडामा विशेष पार्टी संगठन सुदृणिकरण अभियान सञ्चालन गर्ने निर्णय भएको जिल्ला सभापति मुस्कानले बताउँनुभयो । त्यस्तै मालारानीको सबै वडा, भुमिकास्थानको वडा नं. १, २, ३, ४, ५, ७, ८, १० र सन्धिखर्कको वडा नं. २, ८, ९, १०, ११ मा पनि संगठन निमार्ण विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको काँग्रेस जिल्ला उपसभापति शान्ता भण्डारीले बताउँनुभयो । अन्य वडामा पनि संगठन निमार्णलाई प्राथमिकता काँग्रेसले दिने भएको छ ।
बैठकमा जिल्ला सभापति मुस्कान, उपसभापति भण्डारी, सचिवद्धय छविलाल पौडेल, विष्णु भुसाल, सहसचिव इन्सु मियाँ, क्षेत्रिय सभापतिद्धय केशव कुवँर, अच्युत गौतम, शितगंगा नगरप्रमुख सुर्यप्रसाद अधिकारी, महासमिती सदस्य यादवप्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधी कृष्ण खनाल, जिल्ला कार्य समितीका सदस्यहरु, आमन्त्रित जिल्ला सदस्य, भातृसंगठनका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधीहरु, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
बैठकले आगामी दिनमा जनताको माझमा थप प्रभावकारी कार्यक्रम लिएर अगाडी बढ्ने रणनिती तय गरेको छ ।