वर्षाैदेखि अवरुद्ध धातिवाङ्ग-मैदान सडक खुलाउन नवनिर्वाचित जनप्रतिनिधिकाे पहल सफल

169

अर्घाखाँची, ५ माघ । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकाकाे धातिवाङ्ग र मैदान जाेड्ने सडककाे ट्रयाक १७ वर्ष अगाडिकाे सपना पूरा भएकाे छ । पाणिनि गाउँपालिकाकाे केन्द्र दुर्गाफाट देखि मैदान, बाढुंगा, धातिवाङ्ग मावि, चिउरनेटा हुँदै नरपानि जाेड्ने गरि पर्यटकिय सडकका रूपमा विकसित गर्ने वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले बताए ।

सडक खुलाउनका लागि पाणिनि-५ का वडा अध्यक्ष इन्द्रमणि घिमिरे र ६ का वडा अध्यक्ष पाैडेलले पहल महत्त्वपूर्ण रहेकाे स्थानीयले बताए । निर्वाचनकाे समयमा धातिवाङ्ग देखि मैदानकाे सडक जाेड्ने प्रतिवद्वता उम्मेदवारकाे रहेकाे थियाे । निर्वाचित भएसँगै निरन्तरकाे पहलबाट उक्त सडक खुलेसगै धातिवाङ्ग मैदानका बासिन्दा खुसी भएका छन् ।

सडककाे नरपानिसम्म पुर्णता पाएसँगै १ घण्टामै नरपानि पुग्न सकिन्छ । चिउरनेटा देखि ३ किलोमिटर सड्ककाे ट्रयाक खाेल्न बाँकी रहेकाे छ । उक्त ट्रयाक खाेल्ने कार्य १/२ वर्षमै पूरा गर्ने वडा अध्यक्ष पाैडेलले बताए ।