लेखकको जन्मगाउँ धातिवाङ्गमा “तपस्या” को चर्चा परिचर्चा

301

हिन्दुखबर, १२ माघ । तपस्याको गृह जिल्ला अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ६ मा विमोचन भएको छ । लेखक आकाश पौडेलको उपन्यास तपस्या यही माघ ३ गते चितवनमा पहिलोपटक लोकार्पण गरिएको थियो । माघ १२ गते लेखकको जन्मस्थान पाणिनी गाउँपालिका ६ धातिवाङस्थित श्री धातिवाङ माध्यमिक विद्यालयमा विमोचन गरिएको हो ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम पौडेलले पुस्तक लेखेर लेखक पौडेलले आफ्नो र जिल्लाकै गौरव राखेको बताए । आगामी दिनमा पनि यस्तै अन्य कृतिहरु पनि पढन पाइयोस् प्रमुख अतिथि पौडेलले भने । लेखकलाई शुभकामना दिँदै शिक्षक रामप्रसाद गौतमले सिर्जनात्मक निरन्तरतासहित उज्ज्वल भविस्यको कामना गरे ।

कार्यक्रमका सभापति प्रधानाध्यापक हिमलाल पौडेलले शुभकामना सहितको मन्तव्य दिँदै आफूले पढाएको विद्यार्थीले लेखेको पुस्तकको बिमोचन आफ्नै विद्यालयमा गर्न पाउँदा खुसी लागेको बताए ।