पूर्व सांसद दवाडीले गरे गोरखाका योजनाको अनुगमन

45

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् गण्डकी प्रदेशका पूर्व सांसद प्रकाशचन्द्र दवाडीले गोरखाका योजनाको अनुगमन गर्नुभएको छ ।

पूर्व सांसद दवाडीले आर्थिक वर्ष २०७९÷०८० मा आफु सांसद हुँदा हालेका योजनाको प्रगतीको अनुगमन गर्नुभएको हो । “मेरो कार्यकालमा आफू निर्वाचित भएको क्षेत्रमा गण्डकी प्रदेश सरकारबाट छुट्याएका योजनाको कतै सर्वे र कतै निर्माण कार्यको अनुगमन गरेको हुँ,”– उहाँले भन्नुभयो ।

उहाँले आज गोरखाका सिरानचोक गाउँपालिकामा निर्माण हुन लागेका विभिन्न योजनाका अनुगमन गर्नुका साथै नयाँ योजनाको सर्वेसमेत गर्नुभएको थियो ।

काँग्रेसका युवा नेता दवाडी विस २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित हुनुभएको थियो । उहाँको सक्रियतामा चालू आवमा गोरखा क्षेत्र नं २ प्रदेश (ख)मा झण्डै ३०० योजना निर्माण हुने क्रममा रहेका छन् ।