घनश्याम पौडेल
अर्घाखाँची, ८ माघ । आई लभ यु युवा समुह पाणिनी -२ पाेखराथाेक अर्घाखाँचीले आयोजना गरेको भलिबल खेलमा पाणिनी स्पोर्टस एकेडेमीलाई पराजित गर्दै परिवर्तित युवा क्लब पाणिनी ५ मैदानले तृतिय स्थान जित्न सफल भएको छ ।
आज भएको खेलमा परिवर्तित युवा क्लब मैदानलाई जित्दै पाल्पाको श्रीनगर युवा क्लब फाईनलमा प्रवेश गरेको हो । त्यस्तै पाणिनी स्पोर्टस एकेडिमीलाई जित्दै अर्घाखाँची बुलेटिन फाईनलमा प्रवेश गरेका थिए ।
फाईनल खेल ९ गते बिहान पाल्पाको श्रीनगर युवा क्लब र अर्घाखाँची बुलेटिन बिच खेल हुने आयोजक आई लभ यु समाजका अध्यक्ष लोकबहादुर रसाईलीले बताए । खेलमा १० टिमको सहभागीता रहेको थियो ।
भलिबल खेलमा बिजेतालाई क्रमश १ लाख १ हजार १ सय ११, द्धृतियलाई ६० हजार ६ सय ६६, तृतियलाई ४० हजार ४ सय ४४ सहित शिल्ड, ट्रफी, प्रमाणपत्र दिईने आयोजक समितीका सञ्चार संयोजक संगम भट्टराईले बताए । जिल्लामै ऐतिहासिक खेलको सुरुवात पाणिनीको ग्रामिण भेगमा पहिलोपटक सुरुवात भएको हो ।