सुवर्ण सहकारीको वार्षिक साधारणसभा कृष्ण मावि मैदानमा सम्पन्न

141

रुकमागत भट्टराई
मैदान अर्घाखाँची, ८ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ४, ५ र ६ कार्यक्षेत्र रही स्थापना भएको सुवर्ण कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले सहकारी संस्था सफलताको शुभकामना व्यक्त गर्दै सहकारी संस्था आर्थिक संकलन मात्र नभई आम्दानीको स्रोत बन्नुपर्ने बताए ।

पाणिनी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानी गरी कृषकहरुलाई आत्मनिर्भर बनाउँनुपर्नेमा जोड दिए ।

No description available.

पाणिनी गाउँपालिकाका कृषि शाखा प्रमुख मेगराज पौडेलले सहकारी संस्थाले कृषिका कार्यक्रम पारदर्शी गर्नुपर्ने बताउँदै गाउँपालिकाबाट भएका कार्यक्रम सहकारी संस्था मार्फत सञ्चालन गर्नका लागी ध्यान जाने बताए ।

वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष दिपक बेल्वासेको अध्यक्षता, सचिव कृष्णप्रसाद गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा ओम प्रकाश घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

No description available.

सहकारी संस्थाको साधारणसभाको सफलताको शुभकामा सिद्धेश्वर सहकारीका कोषाध्यक्ष मित्रदेव पौडेल, हिमलाल पौडेल, समाजसेवी शालिकराम घिमिरे, गणेश प्रसाद घिमिरे, जिवनारायण भट्टराई, कृष्ण प्रसाद घिमिरेले व्यक्त गरेका थिए । सहकारी संस्थाको संस्थागत प्रतिवेदन अध्यक्ष बेल्वासेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष चित्रकला पौडेलले पेश गरेका थिए ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.