सरस्वतिपुजाको अवसरमा शिक्षामन्त्री खनाल वाल्मिकी क्याम्पसमा आउने

401
काठमाडौँ । माघ १२ गते वसन्त पन्चमी तथा सरस्वती पूजाको अवसरमा नेपाल संस्कृत विश्वविद्यालय तथा वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्गमा काठमाडौँ क्षेत्र नम्बर ६ का संघीय सांसद तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको उपस्थितिमा सरस्वती पूजाको कार्यक्रम राखिएको छ ।
नेपालकै संस्कृत शिक्षाको धरोहर उक्त क्याम्पसमा एउटा सरस्वतीको मूर्ति अनि मन्दिर नहुँदा संस्कृत क्याम्पसको रुपमा चिनाउन असहज रहेको थियो । क्याम्पसको गरिमा बढाउने उद्देश्यले प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकि एकाइ समितिको पहलमा उपप्राध्यापक रोदना घिमिरेले क्याम्पसलाई सरस्वती माताको मूर्ति उपलब्ध गराउनुभएको छ ।क्याम्पसका विद्यार्थी प्राध्यापक कर्मचारी र सो क्षेत्रका स्थानीय बासिहरुको मागलाई सम्बोधन गर्दै उक्त क्याम्पसमा ३ फिट भन्दा अग्लो मुर्ति स्थापना गरिएको ढकालले बताउनुभयो ।
यसैगरी क्याम्पसका प्राचार्य प्रा.डा. भागवत ढकालको विशेष पहलमा क्याम्ससमा सरस्वतीको मन्दिर समेत स्थापना गरिएको छ । उक्त कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ का संघीय सांसद तथा नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय शिशिर खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख ढकालले बताउनुभयो ।