फेरी भेटौँला भन्दै अर्घाखाँचीका प्रजिअ घिमिरेलाई बिदाई, ट्रेड युनियन आवश्यक रहेको भनाई

165

अर्घाखाँची, १० माघ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले अर्घाखाँचीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको एक समारोहका बीच बिदाई सम्पन्न गरेको छ । करिब ११ महिना अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरि स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीकै रुपमा सरुवा भएका घिमिरेले निर्वाचन सम्पन्न गराउँन महत्वपुर्ण भुमिका रहेको भन्दै प्रंशशा गरेका थिए ।

बिदाई समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा रहँदा बस्दा, कामालाई प्रभावकारी बनाउँदै सफल बनाउँनमा सम्पूर्ण कर्मचारीहरु र ट्रेड युनियनको भूमिका रहेको बताए । तर ट्रेड युनियनको पहिलो लक्ष्य र उद्देश्य सेवा प्रवाह हुनु पर्ने बताए । सेवा प्रवाहलाई तिरस्कार गरि नाफा घाटामा लाग्दा ट्रेड युनियन नकरात्मक भएको हो भन्दै सेवा प्रवाह र सामुहिक उद्देश्यको लागि एक जुट भएमा मात्र हक र अधिकार प्राप्त गर्न सकिने बताए ।

ट्रेड युनियनहरुलाई प्रशासकहरुले हेर्ने दृष्टीकोण सधै नकरात्मक हुने गरेकोमा प्रजिअ घिमिरेबाट यस्तो किसिमको कुनै पनि व्यवहार नभएको कार्यक्रमका अध्यक्ष कृष्ण वर्माले बताएका थिए । नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष यादव सापकोटाले मायाको चिनो सहित घिमिरेलाई सम्मान व्यक्त गर्दै निजामती क्षेत्रमा रहदाँ सफल कार्यकालको शुभकामना व्यm गरे । स्थानीय तह र संघीय तथा प्रदेश सभा सदस्यको निर्वाचन गराउँन प्रजिअ घिमिरेको भुमिका अर्घाखाँचीमा रहेको थियो । कार्यक्रम आधिकारिकका उपाध्यक्ष हरि डुम्रेको सञ्चालनमा भएको हो ।