पाँचौ अर्घाखाँची महोत्सवको तयारी पुरा, टोपबहादुर रायमाझीले उद्घाटन गर्ने

1187
File photo

घनश्याम पौडेल
अर्घाखाँची, १० माघ । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा हुन लागेको पाँचौ अर्घाखाँची महोत्सवको तयारी पुरा भएको छ । पत्रकार सम्मेलन मार्फत महोत्सवको लगभग सबैजसो तयारी पुरा भएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले जानकारी दिए ।

उद्योग वाणिज्य संघ अर्घाखाँची र चेम्बर अफ कमर्स अर्घाखाँचीको संयुक्त आयोजनामा हुन लागेको महोत्सवको भोलि उद्घाटन हुदैँछ । महोत्सवको उद्घाटन पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधीसभा सदस्य टोप बहादुर रायमाझीले गर्ने तयारी रहेको चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठले बताए । महोत्सवमा करिव ४०० स्टल रहनेछन् ।

त्यस्तै महोत्सवक मुख्य आर्कषक भनेका जिल्लामा उत्पादित कृषि र पर्यटन रहेको छ । महोत्सवको सहआयोजक राष्ट्रिय लोक दोहोरी प्रदिष्ठान अर्घाखाँची, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ अर्घाखाँची, युवा परिषद र नेपाल पत्रकार महासंघ अर्घाखाँची रहेका छन् भने संरक्षकमा सन्धिखर्क नगरपालिका रहेको छ ।

महोत्सव उद्घाटनका लागी प्रधानमन्त्री प्रचण्ड आउँने कार्यक्रम तय भएपनि विविध कारण ल्याउन नसकिएको आयोजकले जनाएको छ ।