नेविसंघ रोल्पाको जिम्मेवारी समाल्दै कान्छा महाधिवेशन प्रतिनिधि जिसी

212

रोल्पा, १४ माघ । नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिले नेविसंघ रोल्पाको अध्यक्षको जिम्मेवारी अनुपम जिसीलाई दिएको छ । नेपाली काङ्‌ग्रेसको १४ औ महाधिवेशनमा सबै भन्दा कान्छा महाधिवेशन प्रतिनिधि समेत रहेका जिसीलाई केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले माघ १३ गते पत्राचार गरी ३ महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

No description available.

उक्त पत्रमा नेपाल बिद्यार्थी संघ रोल्पाको अध्यक्ष पद रिक्त रहेको र बर्तमान बिधान अनुसार ३२ बर्ष उमेर हद पनि आकर्षित भएकोले नेपाल बिद्यार्थी संघ को बिधान २०२७ र छैठौ शंसोधन २०७५ बमोजिम अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।

रोल्पाको लुंग्री गाउँपालिका-४ का २२ वर्षीय योगेन्द्र अनुपम घर्ती क्षेत्री नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि भए। केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने जिल्लाकै कम उमेरका उनी युवा नेता हुन्। २०७२ सालमा रोल्पाको बालकल्याण उच्च माविमा नेपाल विद्यार्थी संघको इकाई सभापति बनेका थिए ।