घोषणापत्र तयार गर्न जुट्यो नेविसंघ

280

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको प्रभावशाली भ्रातृसंगठन नेविसंघले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि घोषणापत्र लेखन तथा तयार गर्ने कार्य अगाडी बढाएको छ ।

नेविसंघ केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले पौष २९ गते नेविसंघका पुर्व केन्द्रिय सदस्य पुजन गन्धर्वलाई नेविसंघको घोषणापत्र तयारी समितिको संयोजक तोकेका थिए । हिजो गन्धर्वको नेतृत्वमा ३४ सदस्यीय घोषणापत्र लेखन तथा तयारी समिति गठन भएको हो । आज सोही समितिको काठमाडौँको जनप्रशाशन क्याम्पसमा पहिलो बैठक बसेको छ ।
बैठकले सहज कार्य सम्पादनका निम्ति विभिन्न उपसमितिहरु समेत गठन गरेको समितिका सदस्य शिवलाल पौडेलले जानकारी दिएका छन् ।

स्ववियु निर्वाचनमा संगठनको धारणाहरू सार्वजानिक गर्न, वर्तमान समयमा सुहाउँदो एजेण्डाहरू प्रस्तुत गरी चुनावमा सहभागी हुन नेविसंघले पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व ज्यूको संयोजकत्वमा ३४ सदस्यीय घोषणा पत्र तयार समिति गठन गरेको छ । उक्त समितिमा राष्ट्रिय आवासीय चिकित्सक सङ्घका अध्यक्ष डा सुमन आचार्य, नेविसङ्घ पूर्व केन्द्रीय सदस्य पदम भट्टराई, कृषि, वन तथा पशु विज्ञानका विद्यार्थी रमेशप्रसाद भट्ट, पङ्कजकुमार क्षेत्री, इञ्जिनियर राजेश्वर कमली, पत्रकार टेकराज अवस्थी, अधिवक्ता सुमन सैजुवाल, विकल राई, प्रसन्न वैद्य, प्रकाश श्रेष्ठ, महेन्द्र सिंह सदस्य रहनुभएको छ । प्रकाश सुवेदी, अनुप सुनुवार, डा हिमाल भट्ट, विपीन बुढाथोकी, इञ्जिनियर आदर्श लामिछाने, इञ्जिनियर विपीन भट्टराई, इञ्जिनियर बबिन बस्नेत, गणेश थापा, श्यामराज ओझा, पुजा फुँयाल, सगुन कँडेल, पदमा भुसाल, इञ्जिनियर अनुकूल रेग्मी हुनुहुन्छ । यसैगरी, विजय पुनमगर, विनोदराज जोशी, अर्जुन सापकोटा, वर्षा पराजुली, मनिषा रानाभाट, युरिका वन, सागर विश्वकर्मा, आशिका पौडेल र शिवलाल पौडेल र सदस्यसचिवमा विकल राईलाई चयन गरिएको संयोजक पुजन गन्धर्वले जानकारी दिनुभयो ।

यस समितिमा विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी, विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरु समेटेर घोषणा पत्र तयार समिति गठन गरिएको संयोजक गन्धर्वले जानकारी दिनु भयो । साथै घोषणा पत्र समितिको सदस्य सचिवमा विकल राईलाई मनोनित गरिएको छ । राईले नेपाली कांग्रेसको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र तयार समिति ०७९ को सदस्य समेत रहेर काम गरेका थिए ।

समितिमा विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी र नेविसंघको पृष्ठभूमिमा रहेर काम गरिसकेका उत्कृष्ट विद्यार्थीहरु रहेकोले र आफूहरुले मेहनतका साथ उत्कृष्ट घोषणा पत्र बनाउने सदस्य सचिव विकल राईले बताउनु भयो । आज समितिको पहिलो बैठक जनप्रशाशन क्याम्पसमा सम्पन्न भएको र घोषणा पत्र सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी आवश्यक कार्यक्रमहरु तय गरिएको जनप्रशासन क्याम्पसका स्ववियु सभापति पंकज क्षेत्रीले जानकारी दिनु भयो।