सुमित्रा पौडेल
अर्घाखाँची, १३ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्ग घरभई चितवनमा कर्मथलो बनाउँनुभएका आकाश पौडेलको उपन्यास ‘तपस्या’ ले अर्घाखाँचीमा चर्चा पाएको छ ।
मंगलबार बिहान अर्घाखाँचीको सदरमुकाम स्थित पाणिनी बहुमुखी क्याम्पसमा उक्त उपन्यासको चर्चा परिचर्चा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी पाणिनी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख वुद्धिराम भुसालले अध्ययनको ज्ञानसँगै बाहिरी साहित्यीककुराको पनि ज्ञान हुनुपर्ने बताउँनुभयो ।
उहाँले पुस्तकका लेखक आकाश पौडेललाई उज्ववल भविष्यको कामना व्यक्त गर्दै अर्घाखाँचीको पहिचान बनाउँन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन पाणिनी क्याम्पसका सभापति लक्ष्मण खड्काले उपन्यास राम्रो भएकाले साहित्य क्षेत्रमा विद्यार्थीहरुले रुची राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम पाणिनी बहुमुखी क्याम्पसका प्रध्यापक माधवराज चुदाँलीको अध्यक्षता, स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । त्यस्तै अर्घाखाँचीको पाणिनी–७ अडगुरी स्थित शिवमदन माविमा पनि उपन्यास ‘तपस्या’ को चर्चाा गरिएको छ ।
कार्यक्रममा शिवमदन माविका प्रअ राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । उहाँले उपन्यास राम्रो भएकोले धातिवाङ्ग सहित अर्घाखाँचीको पहिचान चिनाउँन सफल भएको बताउँनुभयो । कार्यक्रममा उपन्यासका लेखक आकाश पौडेल, पत्रकार घनश्याम पौडेल, विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।