प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आन्दोलन चर्काउने, थप कार्यक्रम घोषणा

427
File photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

दिउँसो तीन बजे पार्टीको बैठक बोलाएतापनि आन्दोलनको विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुरा नमिल्दा ढिला सुरु भएको थियो । आन्दोलन कार्यक्रमबारे दुई नेताबीच सहमति भएपछि बैठक बसेको थियो ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १९ माघमा भ्रातृ संस्था, २४ माघमा शुभेच्छुक र ३० माघमा ७७ वटै जिल्ला कार्यसमितिले प्रदर्शन गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लाको भने संयुक्त रूपमा प्रदर्शन र सभा हुने कांग्रेसले जनाएको छ । कांग्रेसले यसअघि पनि चरणवद्ध रुपमा विरोध कार्यक्रम गरेको थियो । बैठकले अधिवेशन हुन बाँकी भ्रातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय पनि गरेको काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले हिन्दुखबर डटकमलाई बताए ।