बिष्णु खनाल, सन्धिखर्क । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको आयोजनामा मतदाता नामवली अद्यावधिक सम्बन्धि कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
नेपाल सरकारले आगामी बैशाखमा चुनावको घोषणा गरेसँगै निर्वाचन कार्यालयहरुले आफ्ना गतिविधिहरु अगाडी बढाएका छन् । सोही अनुसार जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले पनि मंगलवार सन्धिखर्कमा मतदाता नामवलि अद्यावधिक गर्ने विषयमा विभिन्न सरोकावाला निकायहरुको बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुखहरू विभिन्न सरोकारवाला निकायहरु लगायतको उपस्थिति रहेको छ । निर्वाचन सम्पन्न गर्ने गरि नियमित रूपमा निर्वाचन केन्द्रीत कार्यक्रम, सचेतना लगायतका कार्यक्रम चलिरहेको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

