सुरेशमणि त्रिपाठी
भिडले बनाएको नेता र भिड जम्मा पारेर चटक देखाउने चटके ले धेरै समय सम्म एकै ठाउमा बसेर चटक देखाउन सक्दैनन किन भने असलियत बाहिरिने डर र खतरा हर हमेसा उनिहरुमा रही रहनछ ।
चटक देखाउने मानिस कहेले पनि सनों र पोलाइट स्वोर मा बोल्दैन किन भने सानो स्वोर मा बोल्यो भने नत उस्ले भिड जम्मा गर्न सक्छ नत भिड को ध्यान आफूतिर केन्द्रित् नै गर्न सक्छ जस्तै उदाहरण को लागि बादर नचाउने मदारी ले सानो र पोलाइट स्वोर मा बोल्यो भने के त्यो बादर नाच्छ? के उसले भिड जम्मा गर्न सक्छ ? तपाई हामीले देखेकै छौ जब मदारी ले चर्को चर्को ठुलो स्वोर मा बोल्दै डमरु बजाउदै जान्छ तेसै तेसै डमरु को ताल मा बादर उफ्री उफ्री आफ्नो कला देखाऊदै जान्छ ।
लामो समय सम्म नेपाल मा एक्क्षत्रिय राज गरेका शाह बंश का अन्तिम राजा ज्ञानेन्द्र बिर बिक्रम शाह ले आफ्नो गद्दी छोडदा गरियको पत्रकार सम्मेलन मा सिस्ट भाषा मा कसैलाई दोषारोपण नगरी, गद्दी छोड्दा को पिडा मन भित्र दबाइ, लुकाइ जनताको नासो जनता लाइ फिर्ता गरि सहज रुप मा दरबार(गद्दी) बाट बहिरिगमन गरेको स्मरण तपाई हामी माझ अझै छ ।
तर आज का नव राजा हरु ३२ दिन कुर्शी मा मौन बसी कुर्शी बाट झर्ने बितिक्कै कुर्शी(सत्ता) छोड्न परेको पिडा थाम्न नसकी बेक्तिगत तवर मा आरोप प्रत्यारोप को एकदमै तल्लो स्तरमा ओर्लेर आफ्नो योग्येता को असली परिचय देयका छन
सिक्षा, अनुशासन, योग्येता, संस्करिकता र विचार को भरपुर मात्रा मा कमि भयको बेक्ती ले समाज र देश लाइ समृद्धि सुशासन र विकास को रुपमा कसरी रुपान्तरण गर्न सक्छ भन्ने प्रश्न पनि हो ।
भिड काफी हुवा करती थी महफिल मे मेरी…
फिर मै “सच्” बोलता गया और लोग उठते चले गय!
गुल्जार