अर्घाखाँची शितगंगाका २ बर्षिय छोरीको हत्या गरेका बाबुले प्रहरी चौकीमै गरे आत्मसमर्पण

603

झनक केसि
सन्धिखर्क, १३ माघ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. २ झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेर आफै प्रहरी चौकी पुगेका छन ।
छोरिको हत्या गरिसकेपछी गाउँबाट हिडदै छेडाबाट टेक्सिमा चडेर प्रहरी चौकी पुगेर छोरिको हत्या आफैले गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतलाई जानकारी गराएका थिए।

स्थानिय २४ बर्षिय सन्तोष घिमिरेले आफ्नै छोरी २ बर्षिय सृष्टि घिमिरेको रसीले घाटीमा कसेर हत्या गरेको ईप्रका ठाडाका प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो । बिगतका केही समय अर्थात हरितालिका तिज पर्वदेखी श्रीमती सँगको बिवादले श्रीमती माईतमा बस्दै आएकी स्थानिय वडाका सदस्य निमलाल अधिकारीले बताउँनुभयो ।

बाबू विभिन्न कुलतमा समेत फसेको मदिरा तथा सुर्तीजन्य वस्तु खाँदै गाउँमा हल्ला गर्दै हिडने कसैले भनेको नमान्ने स्थानियले बताएका छन। बाबु सँगै बसेकी छोरीको बाबुले हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारण खुल्न नसके पनि छोरिले दुःख पाउने भईन, मारेर म जेलमै बस्छु कसैलाई दु:ख दिन चाहदैन भनेर हत्या गरेको बाबुले प्रहरीलाई बताएका छन ।

मृतक बालिकालाई पोस्ट्माटमको लागि सन्धिखर्क पठाइएको ईप्रका ठाडाले जनाएको छ। हत्या गरेको बाबूलाई थप अनुसन्धानको लागि ईप्रका ठाडाले नियन्त्रणमा लिएको छ।