रुकमागत भट्टराई/पाणिनी, २६ माघ । स्थानिय सरकारले जग्गाको वर्गीकरण गरी कित्ताकाटको सुरुवात नर्गदा जग्गापासको काम अर्घाखाँचीमा रोकिएको छ । स्थानिय सरकारले निर्णय गरी कित्ताकाट सुरु गर्ने नेपाल सरकारको मापदण्ड अनुसार पाणिनीमा सुरुवात भएको छ । पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा पाणिनी गाउँपालिकाकै पहिलो कार्यक्रम भएको हो । भुमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका माध्यमबाट अधिकतम र दिगो लाभ हासिल गर्नका लागी जग्गा वर्गीकरणको मापदण्ड वडाबाट तय भएको छ।
कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सीमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरात्तात्वीक महत्वको क्षेत्र भुउपयोग वर्गिकरण क्षेत्रका मापदण्डहरु भएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्यहरु हरिप्रसाद पौडेल, खगेश्वर पौडेल, पुनिकुमारी कामी, काँग्रेसका लिलापति पौडेल, एमालेका प्रेमनारायण पौडेल, सिद्धेश्वर सहकारीका रविलाल पौडेल, विद्यालयका प्रअ तथा प्रतिनिधी लगाएत सरोकारवालाको उपस्थिती रहेको वडा सचिव गिता वाग्लेले बताईन् ।