सुरेशमणि त्रिपाठी
हिजोको दिनमा देशले अक्सफोर्ड, क्यम्रिज जस्ता बिस्वविख्यात बिस्वबिद्यालय पढेको प्रधान मन्त्रि हामी युवाहरु ले कहिले पाउने भन्दै बि. बि. सी को साझा सवाल को सार्बजनिक सुनुवाई मा तत्कालिन प्रधान मन्त्रि शेरबहादुर देउवा लाइ प्रश्न सोधी एकाएक चर्चित बनेका एकजना बिद्दवान सागार ढकाल ले डी. भी. भर्न लाई चाहिने सैक्षिक योग्यता १२ पास गरेका भाबी प्रधानमन्त्रि को रुपमा आफुलाई प्रस्तुत गर्दै तैयारी मा लागेका रबि लामिछाने लाइ तेहि प्रश्न सोध्न उनीमा नैतिकता र त्यो ल्याकत देखियन l बरु लामिछाने संगै काध मा काध मिलाई भाबी प्रधानमन्त्रि को रुपमा उहा लाइ समर्थन गरेको देख्दा मलाइ के लग्यो भने ति बिदवान ले पनि आफु पढेको विश्व बिधयालय को Certificate भजाइ जमात मा भाइरल हुन गरेको स्टन्ट जस्तो लग्यो तेसैले मैले यिनीहरु जस्ता बेक्ती हरु लाइ बहुरुपिया र मदारी को संज्ञा दिदै आयको छु
मदारी अनपढ हुन्छ पढे लेखेको संग तालि बजाउछ अन्तमा आफ्नो झोला उठाएर
गइहाल्छ =खेल खतम
तेसैले नागरिक, जनता र जमात् के बन्ने त्यो तपाई हामी आफै ले विचार पुर्याउनु पर्छ l तर जनता को नाम मा जमात हरु ले राजनीति गर्न अब बन्द गर्नु पर्छ किन भने नेपाल देश कुनै फुटबल ग्रोउन्ड अथवा प्रयोगशाला होइन बिगत् ३०-३२ वर्ष देखि हामीहरुले विभिन्न पार्टी र बेक्ती हरुलाई प्रयोग गर्दै धेरै समय खेर फालिसकेका छौ l तेस बीच को दौरान मा हामि संगै का मुलुकहरु बिश्वो लाइ आफ्नो प्रभाब मा पार्न सक्ने स्थान मा पुगी सकेका छन् l जुन तपाई हामी आफुले पनि हेर्दै आइयाका छम l हामि हरु भने अझैँ बेक्ती र पार्टी हरु को पछाडी दौडी रहेका छौ l
जसको परिणाम हुने खाने का र नेताका छोरा छोरि हरु गुणस्तरीय सिक्षा हासिल गर्न प्रतेक् महिना हजारौ को संख्यामा बिदेसिने गर्छन र उतै पलायन भै आफ्नो सुन्दर भबिस्य जिउछन् भने निमुखा तथा कम आयश्रोत भयका नागरिकका छोरा छोरि हरु गुणस्तरीय सिक्षा बाट बन्चित भै राजनीतिक दल का नेताहरुको आमसभाको सोभा मात्र बनेका छन् l
कम आयश्रोत तथा निमुखा नागरिक का बाबु नानि हरु अब नेताहरुको पदको खुड्किलो र आमसभाको सोभा नबनी हाम्रो सुन्दर देश नेपाल को सोभा बनुन भन्ने मेरो अभिप्राय हो l
तेस्को लागि आफ्नो निहित स्वार्थ पूर्ति गर्नको लागि सबैले प्रधानमन्त्रि कै कुर्शी ताक्नु पर्ने र तिनका पछाडी लाग्नु पर्ने कुनै तुक छैन सबैले आ-आफ्नो पेशा जस्तै डाक्टर ले आफ्नो पेशा पुरै इमान्दारी, सरकारी कर्मचारी ले पुरै इमान्दारी, ब्यापारीले आफ्नो पेशा पुरै इमान्दारी यसै गरि सबै पेशा मा लागेका बेक्तिहरु ले आ आफ्नो पेशा पुरै इमान्दारी का साथ गर्यो भने नागरिक बाट चुनियाका जन प्रतिनिधि हरु इमान्दार हुन बाध्य हुन्छन् र समाज बहुरुपिया हरु बाट पनि मुक्त हुन्छ l
अन्तमा फेरी पनि तपाई जामत बन्न चाहनु हुन्छ भने तपाई आफ्नो देश, आफु र आफ्नो नानि बाबु को भबिस्य संग जानी जानी खेलवाड र बर्बाद गर्दै हुनु हुन्छ l
जय देश!