रोल्पा , माघ २८ ।नेपाल ज्योतिष परिषद्ले रोल्पाको त्रिवेणी गाउँपालिकामा कुलबहादुर रानाको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष ज्यो.मेघराज आचार्य तुफानले ज्योतिष शास्त्र वेदको आँखा मात्र नभएर समाज देश र राष्ट्रको मार्गनिर्देशको माध्यम बन्नुपर्ने बताउनुभयो । उहाँले धर्मजिरपेक्षता हटाई सनातन हिन्दुराष्ट्रको आन्दोलन अघि बढाउन आजको भेलाले प्रेरणा प्रदान गरेको बताउनुभयो । धर्म र ज्योतिषको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै ज्योतिष परिषद्को माध्यमबाट सभ्य सुसंस्कृत समाज निर्माण गर्ने अभियानमा लाागेको रोल्पाका त्रिवेणी गाउँपालिकाका धर्मानुरागीहरुलाइ धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि ज्योतिष परिषद् लुम्बिनि प्रदेश कोषाध्यक्ष पदम अधिकारी, सनातन हिन्दु परिषद् सदस्य शान्तराम विक, त्रिवेणी गाउँपालिकाका वडाध्यक्षहरु कविराम बुढा, देवराम घर्ती, सुकीला वली, लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वरुण शर्माको शङ्खध्वनी, पण्डित ईश्वरी प्रसाद न्यौपानेको वैदिक मन्त्र सहित स्वस्तिवाचन, घण्ट बाजागाजा सहित भजनकृतन आमा समूह र ५०० जना सनातनी ज्योतिषानुरागीहरु र्याली सहित विभिन्न राजनितिक दलका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।