मुख्यमन्त्री पोख्रेलको आरोप: ‘कार्बाहीमा पर्ने डरले प्रचण्डले संवैधानिक निकायमा नियुक्ती गर्न दिएनन्’

253

बुटबल, १३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रचण्डका कारण संवैधानिक निकायमा नियुक्त हुन नसकेको बताएका छन्।

बुटवलमा मंगलबार युवासंघ नेपालले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदैै नेकपा ओली पक्षका नेता समेत रहेका पोख्रेलले कार्वाहीमा पर्ने डरले प्रचण्डले अख्तियार लगायतका संवैधानिक निकायमा नियुक्ती गर्न नदिएको आरोप लगाए।

अध्यादेशको आवश्यकता त्यसैको लागि थियो।नेपालको गुमेका भुभाग समेटेर चुच्चे नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री माथि घेराबन्दी गरिएको पोखरेलको भनाइ छ ।

केपी ओलीलाई पार्टी चलाउन नसकेको चर्चा हुने भन्दै उनले दुइ तिहाइको समर्थन प्राप्त नेता पार्टी चलाउन नसकेको हुन्छ भनि प्रश्न गरे। उनले ओलीले दुइ वटा ठूला पार्टीलाई एकतामा बाध्ने सहाशिक निर्णय गरेको दाबी गरे। युवा भेलामा उनले बर्तमान प्रधानमन्त्री युवा पुस्ताको पक्षमा रहेको उल्लेख गरे ।

युवा नेता महेश बस्नेतले प्रचण्डलाई अधिनायकबादको गलतबाटो बाट केपि ओलीलेसहि ठाउमा ल्याएपनि प्रचण्डले षडयन्त्र गरेर पार्टीलाई ध्यवस्त पार्न खोजेको बताए ।