घनश्याम पौडेल/अर्घाखाँची, ३ फागुन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा फागुन ६ गते महाशिवरात्रीका दिन चर्चित कलाकार कुशल बेल्वासेको बेजोड प्रस्तुति हुने भएको छ।
पाणिनी पर्यटन समाजले आयोजना गरेको छैठौँ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सवमा राष्ट्रिय ख्यातीप्राप्त कलाकार कुशल बेल्वासेको बेजोड प्रस्तुति हुने भएको छ ।
अर्घाखाँचीको पटौटीमा जन्मिएका बेल्वासेले दर्जनौ चर्चित गित बजारमा ल्याएका छन् । हातैका पौजाले, चिनै मिलेन, सनिसार लगाएतका गित चर्चित भएका हुन । चर्चिच कलाकार बेल्वासेसँगै अन्य कलाकारहरु पनि आउँने पाणिनी पर्यटन समाजका उपाध्यक्ष धुव्रराज घिमिरेले बताए ।