मैदानको आलमनगरमा निर्मित शिवालयमा शिवरात्रीको दिन मुर्ति भित्र्याउँने सँगै कलश यात्रा गरिने

306

रुकमागत भट्टराई
अर्घाखाँची, ३ फागुन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं ५ मैदानको आलमनगरमा निर्माण भई सम्पन्न भएको शिवालय मन्दिरको उद्घाटन तथा महाशिवरात्रीको दिन कलश यात्रा सहित मुर्ति मन्दिरमा भित्र्याउँने तयारी तिव्र पारिएको छ ।

निर्माणादिन शिवालय मन्दिर निर्माण समितिको पहलमा स्थानीयको सहयोगमा आर्थिक संकलन गरी निर्माण सम्पन्न भएको हो । काठमाडौंका व्यवसायी राज कुमार मल्लले आलमनगरमा निर्माणादिन शिवालय मन्दिरको लागी मुर्ति, शिवलिंग, वसाहा, नन्दी सहितका भौतिक र आर्थिक सहयोग गरेको स्थानिय भोजराज घिमिरेले बताए ।

मैदानको आलमनगरमा बनेको शिवालय मन्दिरको निर्माण कार्यमा सहयोग गर्ने दाताहरुको नामावली उल्लेखगरी ताम्रपत्र मन्दिर परिसरमा राख्ने तयारी भएको मन्दिर व्यावस्थापन समितिका सहसचिव दीपक वेल्वासेले बताए ।

शिवरात्रिको दिन मैदानको मालिका मन्दिर देखी पञ्चेवाजा, कलश यात्रा, भजन कृतन ुसहित मन्दिरमा मुर्ति मित्र्याउँने कार्यक्रम रहेको छ । शिवरात्रिको मन्दिरमा पुजाआजा सहित प्रसाद ग्रहण, कलशयात्रा, भजनकृतन, मुर्ती भित्रयाउँने कार्यक्रममा सहभागी बन्न आग्रह गरिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण पाण्डेले बताए ।