विकट क्षेत्र शितगंगाको लामातालमा निःशुल्क आँखा शिविर, २१ जनाको अप्रेसन

190

घनश्याम पौडेल
अर्घाखाँची, १० फागुन । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ७ जलुकेका ८३ वर्षिया पवित्रा गाहाले गाउँमै वायाँ आँखाको अप्रेसन गरिन् ।

निःशुल्क रुपमा साथी साकोस र अर्घाखाँची युवा परिषद्को आयोजनामा लामातालमा भएको शिविरमा अप्रेशन गर्न पाउँदा खुसी भएकी गाँहालाई आखाँको अप्रेसन गर्नका लागी भैरहवा सन्धिखर्क पुग्नका लागी आर्थिक समस्या थियो, गाडीभाडा तिरेर भैरहवा जान सकेको थिईन, गाउँमै अप्रेसन हुदाँ खुसी छु ।

पाल नेत्रज्योती संघ अर्घाखाँची आँखा अस्पतालको प्राविधिक सहयोगमा डा. सहितको टिम ४ घण्टाको जंगल यात्रापछि लामातालमा पुगेका थिए । मोतियाविन्दुको अप्रेसनका लागी महत्वपुर्ण औजार लिएर गाउँमा पुगेका डाक्टरहरु आउँदा खुसी छौँ, दायाँ आखाँको अप्रेसन गरे, स्थानिय ६३ वर्षिया मुगा रोकायाले भनिन् । घरदेखी आँखाको उपचार गर्न जान समस्या थियो, आँखा शिविर छ, भन्ने थाहा पाएर हिडेरै आए, आँखाकोे अप्रेसन भयो, अब राम्रोसँग देख्छु, रोकायाले भनिन् ।

शितगंगा विकट क्षेत्र हो, नगरप्रमुख छविलाल पौडेलले भने ‘स्वास्थ्यको सुविधा सबै ठाउँ पुग्न सकेको छैन, गाउँमा शिविर ल्याउँन पहल गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिए।’ शितगंगामा भएका विकासहरु जनताले देख्न पाउँनुपर्छ, आँखाको ज्योती महत्वपुर्ण हो, आँखा तथा स्वास्थ्य शिविरहरु विकट विकट क्षेत्रमा ल्याउँछौँ, प्रमुख पौडेलले भने ।
सहकारी संस्था समुदाय प्रति चासो भई समुदाय लक्षित कार्यक्रम अन्र्तगत लामातालमा आँखा शिविर सञ्चालन गरेको साथी साकोसका अध्यक्ष प्रकाश भुसालले बताए ।

आँखा शिविर प्रभावकारी भएको बताउँदै पैसा नहुनेहरुका लागी गाउँमै सेवा पाउँनु सर्वसाधारणका लागी राम्रो भएको छ, आगामी वर्षपनि समुदाय लक्षित कार्यक्रममा जोड दिन्छौँ । वडाका वस्तीहरु निकै विकट भएका कारण पनि स्वास्थ्यको पहुँच सबैसँग पुग्न सकेको छैँन, वडा अध्यक्ष देविराम घिमिरेले भने ‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गछौँ ।’

निुःसुल्क आँखा शिविरमा २१ जनाको मोतियाविन्दुको अप्रेसन, २४२ जनाको परिक्षण सहित चस्मा, औषधी वितरण गरिएको आँखा उपचार अर्घाखाँचीका प्रमुख सागर घिमिरेले बताए । अप्रेसन वरिष्ठ डा. सुचन पुनको नेतृत्वमा गरिएको थियो ।
युवाहरुको एकता, समाज सुधारमा अग्रसरता भन्ने नाराका साथ २०६१ सालमा स्थापना भएको अर्घाखाँची युवा परिषद् सामाजिक क्षेत्रमा क्रियाशिल रहेको अध्यक्ष काजी श्रेष्ठले बताए ।

उद्घाटन सत्रको कार्यक्रम अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठको अध्यक्षता, साथी साकोसका अध्यक्ष प्रकाश भुसालको स्वागत र साथी साकोस शिक्षा समितीका सदस्य लक्ष्मण केसीको सञ्चालनमा सम्पन्न भएको हो ।