‘केपी ओलीले चुनाव चिन्ह वयलगाडा राखुन, सुर्य चुनाव चिन्ह हाम्रो हो’: माधव नेपाल

152
File photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधव नेपालले केपी ओलीले चुनाव चिन्ह वयलगाडा राख्न सुझाव दिएका छन ।

पाचँथरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ‘केपी ओलीले चुनाव चिन्ह वयलगाडा राखुन, सुर्य चुनाव चिन्ह आफनो पक्षको भएको दाबी गरेका छन ।

‘केपी ओली जाली झेली मान्छे हुन् । उनको जस्तो जालझेल गर्न प्रचण्ड र मैले सक्दैनौँ । साईवरसेना बनाउने, अरिङ्गाल भन्नु भन्दै हिडेका छन् । कस्ता–कस्ता तानासाहि सामाना गरेर आयौँ । हामी डराउदैनौँ’, नेपालले भने ‘केपीओलीमा निरङकुश शासकको चरीत्र रहेको गम्भीर आरोप समेत लगाए ।

कार्यक्रममा नेकपाका नेता तथा पुर्वगृहमन्त्री जनार्दन शर्माले केपीओली प्रवृत्ति विरुद्ध लड्नु परेको बताए । उनले कम्यनिष्ट आन्दोललाई पुनर गठन गरेर अघि बढ्नु पर्ने बताएका थिए ।