राष्ट्रिय लाेकदाेहाेरी गितकाे केन्द्रीय सदस्यमा कुशल बेल्वासेकाे उम्मेदवारी

166

घनश्याम पाैडेल
अर्घाखाँची, १० फागुन । राष्ट्रिय लाेक तथा दाेहाेरी गायक कुशल बेल्वासेले राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालकाे केन्द्रीय खुला सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

अर्घाखाँचीकाे पटाैटीमा जन्मिएका बेल्वासे पछिल्लो समय चर्चामा छन् । फागुन १२ गतेदेखि १४ गतेसम्म धादिङमा हुने ८ अाैँ अधिवेशनमा बेल्वासेले उम्मेदवारी दिएका हुन ।

बेल्वासे नेपालका अधिकांश जिल्लामा पुगेका कलाकार हुन। हातैका पाैजाले, सनिसार लगाएतका दर्जनौं गित निकालेका छन् । राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानकाे केन्द्रीय सदस्यमा विजयी बनाउँन बेल्वासे प्रतिनिधिसँग आग्रह गरेका छन् ।