धातिवाङ्गलाई पाेषणमैत्री वडा बनाउन देवचुली नगरपालिका वडा नं. ७ स्वास्थ्य चाैकीसँग अन्तरक्रिया कार्यक्रम

180

घनश्याम पाैडेल
अर्घाखाँची, १४ फागुन । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्ग वडालाई पाेषणमैत्री वडा निर्माणका लागि अनुभव आदानप्रदान कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशकाे नवलपरासी स्थित देवचुली नगरपालिका वडा नं. ७ स्वास्थ्य चाैकी, जनप्रतिनिधिसँग अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पाणिनि-६ धातिवाङ्गका जनप्रतिनिधि, स्वास्थ्यका कर्मचारी, महिला स्वास्थ्य स्वंयमसेविका सहितकाे प्रतिनिधि मुलक सिकाई आदानप्रदान भ्रमण अन्तरगत पाेषणमैत्री वडा, स्वास्थ्य चाैकीकाे भ्रमण गरिएको हाे ।

देवचुली-७ मा रहेकाे स्वास्थ्य चाैकी र जनप्रतिनिधिसँगकाे अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि पाणिनि-६ का वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले चालू आर्थिक वर्षमै धातिवाङ्ग स्वास्थ्य चाैकीलाई पाेषणमैत्री वडा घाेषणाका लागि अनुभव आदानप्रदान कार्यक्रमले थप हाैसला प्रदान गरेकाे बताए ।

वडा र स्वास्थ्य संस्था पाेषणमैत्री घाेषणाका लागि आवश्यक पर्ने १७ सुचकहरू पूरा गरि चालू आर्थिक वर्षकाे असारमसान्त सम्म घाेषणा गर्ने बताए । पुर्वाधार विकाससँगै सामाजिक क्षेत्रकाे विकास भएमा नमुना वडा बनाउँन सकिने वडा अध्यक्ष पाैडेलले बताए ।

कार्यक्रममा देवचुली स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, सहसंयाेजक शिवप्रसाद पराजुली, धातिवाङ्ग स्वास्थ्य चाैकीका प्रमुख मित्रदेव पाैडेल, देवचुली-७ का स्वास्थ्य चाैकी प्रमुख लिलाप्रसाद काफ्लेले पाेषणमैत्री वडा निर्माणका लागि अनुभव साटासाट गरेका थिए ।

कार्यक्रममा पाणिनि गाउँपालिका कार्यपालिका सदस्य तारा पाैडेल, वडा सदस्यहरू खगेश्वर पाैडेल, हरिप्रसाद पाैडेल, पुनिकुमारी कामी, वडा सचिव गिता वाग्ले लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम देवचुली नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भुमिशरा थापाकाे अध्यक्षता, जनस्वास्थ्य निरिक्षक देवीप्रसाद भुसालकाे सञ्चालनमा सम्पन्न भएको हाे।