सन्धिखर्क वडा नं. १ द्धारा शिक्षक र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण

140

अम्बिका बेल्वासे श्रेष्ठ
सन्धिखर्क, १७ फागुन । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षकलाई सम्मान तथा विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालय व्यवस्थापन समितीले छनोट गरेका एक विद्यालय एक उत्कृष्ट शिक्षक प्रोत्साहन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शिक्षकलाई सम्मान र विद्यार्थीहरु बीच सम्पन्न हाजिरी जवाफ (१-५) र निबन्ध लेखन (६-८) तथा वक्त्तृत्वकला (९-१०) प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण एक कार्यक्रमका बीच सम्पन्न गरेको हो ।

सन्धिखर्क नगरपालिका वार्ड नं. ०१ का सामुदायिक विद्यालयहरुमा गुणस्तर सुधार तथा बृद्धी गर्ने उद्देश्यले शिक्षक तथा विद्यार्थीहरुको प्रोत्साहन गर्ने यो कार्यक्रमको उद्देश्य रहेको वडा अध्यक्ष माधव श्रेष्ठले बताए । उक्त कार्यक्रम अन्तर्गत एक विद्यालय एक शिक्षक सम्मान कार्यक्रम र विद्यालयका सबै तहा विद्यार्थीहरु बीच विभिन्न प्रतियोगिता संचालन गरिएको थियो । जस अन्तर्गत हाजिरी जवाफ, निबन्ध लेखन, वक्त्तृत्वकला प्रतियोगिताका विद्यार्थीहरु बीच सम्पन्न गरिएको थियो ।

सो कार्यक्रमको लागि युवा वर्ष जनता रवी चित्रका प्राचार्य टेकराज आचार्यको संयोजकत्वमा शैक्षिक गुणस्तर समिति गठन गरिएको थियो । एक विद्यालय एक शिक्षक सम्मान कार्यक्रम र विद्यालयका सबै तहा विद्यार्थीहरु बीच विभिन्न प्रतियोगिता संचालन गरिएको कार्यक्रम प्रभावकारी भएको नगरउपप्रमुख मिश्रा आचार्यले बताईन । शैक्षिक गुणस्तर समितिले विभिन्न सूचकमा आधारित रहेर वार्डमा रहेका ७ विद्यालयका ७ जना शिक्षकलाई सम्मान गरेको थियो ।

जसमा कमल जोशी युवा वर्ष जनता रवी चित्र मावि, विष्णु प्रसाद पराजुली पार्वती मा।वी, यमकला भुसाल समाजकल्याण मा।वी, सरस्वती पराजुली तुम्कोट मा।वी, कमला भुसाल निर्मल नवज्योती सुस्त मनस्थिति, सुमन्त पोखरेल पाणिनी वेद आश्राम र अम्बिका विसी बालमन्दिरका शिक्षकहरुको सम्मान गरेको हो ।

कार्यक्रम वडा अध्यक्ष माधव श्रेष्ठको अध्यक्षता, वडा सदस्य बाबुराम पन्थिको स्वागत मन्तब्य र सचिव सिता बि सी पराजुलिको सन्चालनमा सम्पन्न भएको हो ।