पाणिनीका गाउँगाउँमा फाईबर इन्टरनेट, जीवनशैली फेरिँदै

458

घनश्याम पौडेल
अर्घाखाँची, १४ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका सबै वडामा फाईबर नेटको विस्तार भएको छ । ब्रोलिकं कम्पनी पाणिनीका अधिकांश वडामा फाईबर लाईनको विस्तार गरेको हो ।

अर्घाखाँची जिल्लाका गाउँमा इन्टरनेटको पहुँच विस्तार हुँदै गएको छ । इन्टरनेटको पहुँच विस्तारले प्रयोगकर्ता बढेका छन् भने ग्रामीण क्षेत्रका मानिसको जीवनशैलीसमेत बदलिएको छ । मोबाइल फोन, इमेल, इन्टरनेटजस्ता नयाँ–नयाँ प्रविधि र तिनमा आधारित वर्तमान मानिसको जीवनशैली फेरिएको छ । ग्रामिण भेगका धेरै अभिभावकलाई स्वदेश तथा परदेशमा कुरा गर्न सजिलो बनाएको छ ।

चेक साटन र रेमिटयान्सबाट आएको पैसा लिनका लागी सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यता जिल्ला बासीलाई थियो । तर पछिल्लो डेढ वर्षमा गाउँमा इन्टरनेटको सुविधा भएपछि गाउँबाटै पैसा निकाल्न सहज भएको स्थानिय बताउँछन ।

ब्रोलिकं कम्पनीले पाणिनीको पणेना, पोखराथोक, दुर्गाफाट, मैदान, पटौटी, धातिवाङ्ग सम्म फाईवर विस्तार गरेका छौँ, नेट सञ्चालक हिरामणि घिमिरेले भने, मोवाईलमा डाटा प्रयोग गर्न भन्दा नेट सञ्चालन गर्दा ग्राहकलाई पनि सस्तो पर्दछ ।
नेट मात्र होईन, फाईबर लाईनबाट टिभी पनि चल्ने गर्दछ, अहिले ग्रामीण क्षेत्रहरूमा इन्टरनेटको माग अत्यधिक बढ्दो रहेको नेटका सञ्चालक कर्णबहादुर थापाले बताए । ‘अहिले सेवा पाए पैसाको समस्याको समस्या गाउँमा पनि छैन,’ उनले भने, ‘छोराछोरी परदेश तथा स्वदेशमा हुनेहरूको घरमा इन्टरनेटको बढी माग छ ।’

इन्टरनेट सेवा प्रदायक कम्पनी सुवेसुले पनि पाणिनीका विभिन्न ठाउँमा फाईबर विस्तार गरिसकेको छ । नेटको ग्रामिण भेगमा नै प्रतिष्पर्धा सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा वल्र्ड लिंक, इन्फोनेटले पनि नेटको सुविधा पु¥याएका छन ।