अर्घाखाँची, २५ फागुन । यौन तथा प्रजनन् स्वास्थ्य र लैंङ्गिक हिंसा रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ ।
समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समुह अर्घाखाँचीको आयोजना र आईपास नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नुमलाल पन्थीले लैंङ्गिक हिंसाको अन्त्य गर्नका लागी सरोकारवाला निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षित गर्भपतन अपराध नभई अधिकार भएको बताउँनुभयो ।
कार्यक्रममा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखिकरण आदर्श अधिकारीले, जलवायु परिर्वतनले पारेको असर तथा रोकथामका उपाय सम्बन्धी खेमराज खनाल र लैंगिंक हिंसा सम्बन्धी प्रजनन र स्वास्थ्यमा पारेको असर सम्बन्धी प्रस्तुति बाबुराम पौडेलले गर्नुभएको थियो ।
अन्तरपाटी महिला सञ्जालका अध्यक्ष ईश्वरा पोख्रेल, पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगाएतको उपस्थिती रहेको कार्यक्रम समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समुहका अध्यक्ष लक्ष्मण भट्टराईको अध्यक्षता, कार्यकारी निर्देशक लक्ष्मी अधिकारी पौडेलले कार्यक्रमको उद्देश्य सहित स्वागत गरेको कार्यक्रमको संस्थाका लेखापाल मञ्जु भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रजनन् स्वास्थ्य र लैंङ्गिक हिंसा रोकथाम सम्बन्धी अन्तरक्रिया सन्धिखर्कमा । तस्विरः घनश्याम पौडेल/हिन्दुखबर डटकम ।