रुकमागत भट्टराई
पाणिनी धातिवाङ्ग, २५ फागुन । निर्वाचनमा गरिएको प्रतिबद्वता अनुसार अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा १००० दिने आमाहरूलाई निःशुल्क रूपमा क्याल्सियम वितरण गरिएको हो ।सरकारले आईरन चक्कि निशुल्क रूपमा वितरण गर्दै आएतापनि घरको आर्थिक अवस्था कमजोर भएका कारण क्याल्सियम नपाएको कारण बच्चाहरू कुपोषित हुने अवस्था अझै पनि विधमान रहेको पाईन्छ ।
पोषणयुक्त सामाग्रिअन्तर्गत १ क्यारेट अण्डा, बच्चालाई सरसफाइमा सहयोग पुर्याउन १-१ वटा नरम टावेल महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाका कर्मचारीलाई झोला वितरण कार्यक्रम सम्पन्न भएको छ । वडाले यसै वर्ष स्वास्थ्य संस्थालाई पोषणमैत्रि स्वास्थ्य संस्था घोषणा गर्ने वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्यहरू खगेश्वर पौडेल, हरिप्रसाद पौडेल धातिवाङ्ग माविका प्रअ हिमलाल पौडेल, स्वास्थ्य संस्था सञ्चालन समितिका सदस्य दुर्गा न्यौपाने पौडेल लगायतले पोषणमैत्रि वडा बनाउन सबैको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम स्वास्थ्य चौकि प्रमुख मित्रदेव पौडेलको सञ्चालन तथा सहजिकरण अहेव हेमन्त घिमिरेको स्वागत तथा वडा अध्यक्ष तथा स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।