अर्घाखाँचीको धातिवाङ्गमा जंगली जन्तुको नियन्त्रणका लागी तारजाली वितरण (भिडियो)

158

घनश्याम पौडेल
अर्घाखाँची, २६ फागुन । अर्घाखाँची जिल्लामा जंगली जनावर बादर, बदेल, चराचुरुङगीले खेतबारीमा लगाएको अन्नबाली खादाँ कृषकहरु हैरानी छन् । जंगली जनावर नियन्त्रणका लागी स्थानिय सरकारले बादर धपाउँने यन्त्र बनाएर वितरण गरेपनि प्रभावकारी भएन् ।

हेर्नुहोस भिडियो ।

रैथानेबालीको रुपमा रहेको मकै, गहुँ लगाएतका सबै अन्नवालीमा बादरले बदमासी गर्दा कृषकहरु हैरानी छन् । ‘बिहानै उठेर साँझ रातिसम्म बारीमा नै चौकीदारी गर्ने बाध्यता कृषकहरुमा छ ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा चालु आर्थिक वर्षमा वडा कार्यालयले ४ लाख रुपैँया विनियोजन गरेर जंगली जन्तु तथा बादर नियन्त्रणका लागी तारजाली वितरण गरेको छ।

No description available.

निर्वाचनको समयमा सबैभन्दा समस्या रहेको बादर नियनत्रण गर्नुपर्ने जनताको माग रहेसँगै अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गले भने ‘बादर धपाउँन कृषकहरुलाई तारजाली वितरण गरेको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । वडा कार्यालयको ५० प्रतिशत र कृषकहरुको ५० प्रतिशत लगानीमा ६ मिटर चौडाई र १०० मिटर लम्बाई भएको जाली गाउँभरीका व्यवसायीक ४६ कृषकलाई ९८ सय मिटर वितरण गरेको हो । बादर तथा जंगली जन्तुको नियन्त्रणका लागी तारजाली वितरण कार्यक्रमले कृषकहरुलाई प्रभावकारी हुने वडा अध्यक्ष पौडेलले बताए ।

No description available.

बादर धपाउँनका लागी राज्यले करौडौँ कार्यक्रम गरेपनि प्रभावकारी भएको पाईदैन् । नेपालमै नमुना प्रकृतिको कार्यक्रम भई गत ३ वर्ष अगाडीदेखी अभ्यासमा आएकाले बादर तथा जंगली जन्तु नियन्त्रणका लागी तारजाली निकै प्रभावकारी हुने पाणिनी गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए ।

No description available.

कार्यक्रम वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता, गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेलको प्रमुख आतिथ्यता, सिद्धेश्वर सहकारीका उपाध्यक्ष थानेश्वर पौडेलले मन्तव्य राखेको कार्यक्रम वडा सदस्य हरिप्रसाद पौडेलको स्वागत मन्तव्य र वडा सचिव गिता वाग्लेको सञ्चालनमा सम्पन्न भएको हो । गाउँभरीका कृषकहरुको माग बमोजिम सबै कृषकहरुलाई तारजाली वितरण गरिएको हो ।

No description available.No description available.No description available.No description available.