साथी सहकारीले स्थानिय उत्पादन पाईने पसल सञ्चालनमा ल्याउँदा आयआर्जनको बाटो सुरु: श्रेष्ठ (भिडियो, फोटो)

130

घनश्याम पौडेल
अर्घाखाँची, २७ फागुन । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सहकारीले जिल्लामा उत्पादन भएको गुणस्तरीय सामाग्री प्याकेजीङ्ग गरी बजारमा ल्याउँने कार्य प्रभावकारी भएको बताएका छन् ।

हेर्नुहोस कार्यक्रमको पुरा भिडियो के बोले वक्ताहरु ?

 

जिल्लामा नगदेवालीको रुपमा उत्पादन हुने कोदो, फापर, स्थानिय जातको मकै, चामल लगाएतका दैनिक उपभोगमा आउँने सामाग्री सहकारीले पसलको रुपमा सुरुवात गरेको कार्यले जिल्लाको पहिचान बढाएको बताएका छन् ।

साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अर्घाखाँचीद्वारा व्यवसाय प्रवद्र्धन तथा योजना निर्माणका लागी सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख श्रेष्ठले सहकारी संस्थाले लगानी गरेको रकम आयआर्जनसँग जोडिनुपर्नेमा जोड दिए ।

जिल्ला सहकारी संघका अध्यक्ष तथा साथी साकोसका अध्यक्ष प्रकाश भुसालले सहकारी संस्था स्थापना भएसँगै बहुउद्देश्यीय रुपमा आर्यआर्जनको क्षेत्रमा कार्य गर्नेगरी संस्था दर्ता गरेको बताए । जिल्लाको सुपादेउरालीमा कोशेली घर स्थापना गर्ने देखि सन्धिखर्कमा रहेको व्यवसायमा हरेक सामाग्री गुणस्तरीय पाईने संस्थाको रुपमा साथी बहुउद्देश्यीय सहकारी संस्थालाई विकसीत गर्ने बताए ।

May be an image of 1 person, standing and text that says 'का लानि कार्यक्रम री संस्था लि. bc Society Ltd.'

नगर उपप्रमुख मिश्रा आचार्य, घरेलु तथा साना उद्योग विकास समिती अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनाल, सन्धिखर्क नगरपालिका स्थित कृषि तथा पशु शाखाका प्रमुख राजेन्द्र भट्टराई, कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कंडेल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगाएतले सहकारी संस्थाले बचत तथा ऋणको कार्य मात्र नभई उत्पादनमा जोडिने कार्यको सुरुवात प्रभावकारी भएको बताए ।

साथी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता रहेको कार्यक्रम सचिव धर्मराज भुसालको सञ्चालन र लेखा सुपरिवेक्षण समिती संयोजक लक्ष्मी नारायण चुदालीको स्वागतमा सम्पन्न भएको हो । २०७७ भदौ १० गते सन्धिखर्क नगरपालिकामा दर्ता भएको सहकारी संस्थामा २०४ जना शेयर सदस्य, २० लाख ४० हजार शेयर रकम, र २२ लाख ९९ हजार ७ सय ४० कुल पुँजी रहेको छ । सहकारी संस्थाले सन्धिखर्कको चुत्रावेशीमा साथी बहुउद्देश्यीय सहकारी उद्योगको रुपमा विक्री केन्द्र स्थापना गरेर कार्य अगाडी बढाएको छ ।

साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अर्घाखाँचीद्वारा व्यवसाय प्रवद्र्धन तथा योजना निर्माणका लागी सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रमका तस्विरहरुः

May be an image of 1 person, standing and sittingMay be an image of 2 people, people standing and people sitting

May be an image of 9 people, people standing and indoorMay be an image of 5 people and people standingMay be an image of 6 people, people standing and indoorMay be an image of 5 people and people standingMay be an image of 5 people and people standingMay be an image of 6 people, people standing and indoorMay be an image of 6 people, people standing, people sitting and indoorMay be an image of 1 person, standing and indoorMay be an image of text that says '"मर्यादन व्यवसाय प्रविधिमा सहकारी" व्यवसाय प्रवर्दन तथा योजना निर्माणका लागि सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रम स्थान: द ओल्ड एभरेष्ट होटल सन्धिखर्क मिति: २०७९ फागुन २७ गते साथी बहुउद्देश्यीय सहकारी संस्था लि. Sathi Multipurpose Co-Operative Society Ltd.'May be an image of 5 people, people standing and text that says 'साथी बहुउद्देश्यीय सहकारी संस्थ Sathi Multipurpose Co-Operative Societ S 1'May be an image of 1 person, standing and indoorMay be an image of 1 person, sitting, standing, wrist watch and indoorMay be an image of 1 personMay be an image of 1 person and standingMay be an image of 1 person, sitting and standingMay be an image of 1 person and standing