काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेका छन्। सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले पदभार सम्हालेका हुन्।
उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका थिए। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। निर्वाचित भएपछि सोमबार उनले पदभार सम्हालेका हुन्।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन्। शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति थियो।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।