लुम्बिनीमा कांग्रेस संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

89

अर्घाखाँची, ३० फागुन ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् । संसदिय दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् ।

गिरीले यसअघि दलको नेतामा पनि आकांक्षा देखाएकी थिइन् । गिरी नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री हुन । महिला नेतृ समेत भएकी गिरीको गृहजिल्ला प्युठान हो । लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७ सांसद रहेका छन् ।