घनश्याम पौडेल
अर्घाखाँची, १ चैत । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र सार्वजनिक भवन तथा व्यक्तीगत संरचनामा आघात पुग्ने बोटबिरुवा काट्न निर्देशन दिएको छ ।
बैशाख ५ गतेभित्र गाउँपालिका भित्र असर पारेका क्षेत्रमा रहेका बोटबिरुवाहरु कटान गरिदिनुहुनका लागी सार्वजनिक सुचना आव्हान गरेको हो ।
रुख कटान नगरेमा वडा कार्यालय, स्थानिय समाजसेवी, प्रहरी प्रशासनको समन्वयमा रुख कटान गरिन्छ, रुख कटान गर्दा लागेको खर्च नियअनुसार आघात पार्ने गरी बोटविरुवा हुकाउँने जग्गा धनीसँग असुलउपर गर्ने व्यहोरा अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले बताए ।