युएईले टस जित्यो, नेपालले बलिङ गर्दै, खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको घुइँचो

92

काठमाडौं, २ चैत । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ ।

नेपाल र युएईबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दर्शकको घुइँचो (भिडियो)

खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज करण केसीको स्थानमा गुल्शन झालाई राखिएको छ ।

युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा रहँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ । हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ । युएई ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ । नेपाल र युएईबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दर्शकको घुइँचो लागेको छ ।