बिना तामझाम राष्ट्रपतिको सवारी, सर्वसाधारण उत्साहित, जनताको छोरो राष्ट्रपति भएको महसुस

142

काठमाडौँ, ४ चैत । राष्ट्रपतिको सवारी भन्ने बित्तिकै सर्वसाधारण हैरानी हुन्थे । राष्ट्रपति सवार गर्दा सड्क खाली गराँउने तामझामसहित हिड्ने गर्दा आजित थिए । गत ५ वर्ष पनि नेपालका राष्ट्रपतिको सवारी यात्रामा सर्वसाधारणले सास्ती नै व्योहोर्नु परेको थियो । नेपालको राष्ट्रपति पदमा निर्वाचित भई कार्यभार सम्हालेका राष्ट्पति रामचन्द्र पौडेलले पहिलोपटक सवारी यात्रा गरे । आज शनिबारको यात्रा गरेको दृश्य भने योभन्दा बिलकुलै फरक थियो ।

राष्ट्रपति पौडेल काठमाडौँको मुटुमा रहेको वसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन । अगुवा र पछुवा गाडी लिएर राष्ट्रपति पौडेल वसन्तपुर पुग्दा धेरै सर्वसाधारणले त उनी आएको पत्तो समेत पाएनन् । अन्य भने राष्ट्रपति त्यसरी आएको भनेर पत्याउन सकिरहेका थिएनन् । उनीहरुले जनताको छोरो राष्ट्रपति भएको भन्दै गुनगान समेत गाउँन भ्याईसके ।

यसअघि राष्ट्रपतिको सवारीमा सर्वसाधारणले धेरै दुःख पाउने गरेका थिए । राष्ट्रपतिका लागि सडक खाली गराउँदा जनताले लामो जामको सास्ती खेप्नुपर्थ्यो । गणतन्त्र आए पनि राष्ट्रपतिको राजसी शैली चौतर्फी आलोचना हुन्थ्यो । त्यही भएर पौडेलले राष्ट्रपति हुनुअघि नै आफूले त्यो परम्परा तोड्ने वाचा गरेका थिए । आज उनले सो वाचा पूरा गरेर पनि देखाए ।