सम्भावित अविश्वासको प्रस्ताव रोक्न संसद विघटन गर्नुपर्यो : अर्थमन्त्री पौडेल

104

बुटबल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका महासचिव तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट सरकार बिरुद्ध अविश्वासका प्रस्ताव तयार भएपछि संसद विघटन गर्नु परेको बताउनु भएको छ ।

पार्टी भित्रैबाट छापामार शैलिमा सरकार बिरुद्ध अविश्वासको प्रस्ताव तयार भएपछि त्यसलाई रोक्नको लागि संसद विघटन गरिएको बताउनु भएको हो ।

बुधबार गृहजिल्लामा आयोजना गरिएको बिभिन्न कार्यक्रममा सहभागि हुनुभएका अर्थमन्त्री पौडेलले राष्ट्रप्रति उत्तरदायी प्रतिनीधि सभा बनाउनको लागि सरकारले निर्वाचनमा जाने निर्णय गरिएको बताउँदै त्यसका लागि जाता जनादेश आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रतिपक्षी दलबाट भन्दा आफ्नै पार्टीबाट सरकारका काममा व्यबधान भएको आरोप लगाउँदै निर्वाचनबाट आफूहरुले अपेक्षा गरेजस्तै संसद बन्ने समेत विश्वास गर्नुभयो ।