‘दशा’ लागेर पार्टी छोडेर गएकाहरुलाई मूलधारमा फर्किन प्रधानमन्त्री ओलीको आग्रह

143

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मूलधारमा फर्कन नेकपा प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ ।

बुधबार नेकपा निकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेहाल भएर बस्नुभन्दा पार्टीको मूलधारमा फर्कन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको हो ।

उहाँले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले कोही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने उल्लेख गर्नुभयो ।

प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको भन्दै उनले जनताले उक्त समूहलाई कहिल्यै माफ नगर्ने बताए ।

वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव समूह बरफ पग्लिए जसरी पग्लिएर सकिने उनको भनाइ थियो ।