संसद विघटनविरुद्ध आज नेकपाको बुटवलमा विरोध कार्यक्रम, प्रचण्ड-नेपाल बुटबलमा

101

(बुटबल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज ९विहीबार० बुटवलमा बृहत आमसभाको आयोजना गरेको छ । संसद विघटन विरुद्ध हुने आमसभामा नेकपाका अध्यक्षदोय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, जनार्दन शर्मा लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

बुटवलको पुष्पलाल चोकको मैदानमा आयोजना गरिएको विरोधसभामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्यकर्ता उतार्ने तयारी भएको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी प्रतिगामी कदम चालेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले देशभर विरोधसभा गर्दै आएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चरणबद्ध विरोध सभाका कार्यक्रम गरेको नेकपाले विहीबार प्रदेश स्तरीय आमसभा गर्न लागेको हो ।