राजश्व सहित ७० जना परिक्षार्थीको भाडा र खानाखर्च व्यहोर्नुपर्छः वडाअध्यक्ष खड्का

439

सुमित्रा पौडेल
सन्धिखर्क, १५ माघ । सन्धिखर्क नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष नारायण खड्काले कर्मचारीका कारण नगरपालिकाको काममा समस्या भएको आरोप लगाएका छन । सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा वडाअध्यक्ष खड्काले प्रमुख प्रशासकिय अधिकृतकै कारण भेटनरी जेटिए र कृषि जेटिएको परिक्षा हुन नसकेको आरोप लगाए ।

वडा अध्यक्ष खड्काले पक्षपात नगरी स्वच्छ रुपले परिक्षा गर्नका लागी नगरपालिकालाई आग्रह गरेतापनि नगरपालिकाका कर्मचारीकै कारण परिक्षा हुन नसकेको आरोप लगाए ।

परिक्षा फर्म भरेका ७० जना विद्यार्थीको राजश्व फिर्ता माग गर्दै आउँनेजाने यातायात र खानाखर्च पनि नगरपालिकाले व्यहोर्नुपर्ने धारणा व्यक्त गरेका थिए । सबै एकनाशका विद्यार्थी छैनन, गरिबका पनि विद्यार्थी थिएहोला, किन नगरपालिका गैरजिम्मेवारी छ, खड्काले भने ।

हिजो सन्धिखर्क नगरपालिकाको कार्यालयमा प्रवेश गर्दा परिक्षाको प्रश्नपत्र तयार गर्न लागेको देखेपछि प्रश्नपत्र स्वच्छ रुपले निकाल्न आग्रह गरेको बताए । लोकसेवाको कर्मचारी ल्याएर निश्पक्ष परिक्षा गरौँ भनेर खड्काले आग्रह गरेका थिए ।
प्रमुख प्रशासकिय अधिकृतले लड्न बाहिर हिड भनेको स्पष्टाए । खड्काले भने ‘प्रमुख प्रशासकिय अधिकृतले लड्न बाहिर जाम भन्नु कस्तो नैतिकता हो ?

सहायक सिडियोको अगाडी वडा अध्यक्षलाई लड्न हिडँन भन्नु कस्तो नैतिकता हो । प्रमुख प्रशासकिय अधिकृतले दुई घण्टामै नतिजा टास्छौँ, के गर्न सक्छस भनेर थर्काएको खड्काले भने । नगरपालिकाको वेथितिका कारणले परिक्षा स्थगित भएको खड्काले बताए ।

एकैपटक तिन महिनामा नगरकार्यपालिकाको बैठक बस्छ, एकैपटक १५ वटा निर्णय हुन्छन, प्रशासकिय अधिकृतलाई फुर्सदनै हुदैँन खड्काले भने । उनले नगरपालिकाभित्र भष्ट्रचार बढी भएको गम्भीर आरोप पनि लगाए ।
(खड्काले विहान पत्रकार सम्मेलनमा बोलेको कुरा हिन्दुखबर डटकमको फेसबुकपेजमा प्रकाशित छ)