ओली श्री ३ महाराजधिराज बन्‍न चाहेपछि आन्दोलन : दाहाल

128

बुटबल । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन परेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै आफैंले प्रस्ताव गरेको पार्टी अध्यक्ष र प्रधानमन्त्री निरंकुशताको एजेन्ट बनेको दाहालले आरोप लगाए ।

‘पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर आधा(आधा समय प्रधानमन्त्री हुने सहमति छाडेको हुँ,’उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलायो ।’ जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना ओलीमा पलाएको उनले बताए ।

‘विगतमा पनि राजालाई जनताले नै जंगल पठाएका हु्न्,’उनले भने,‘अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ हेर्नु होला केही महिनाभित्र । ओली स्वेच्छाचारिताको अन्त्य हुनेछ । नेपाली जनता विजयी हुने्छन् ।ु

अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न आह्वान गरे । ‘छिट्टै नयाँ सरकार लिएर तपाईंहरु समक्ष आउनेछौं,’उनले भने, ‘बाँकी दुई वर्ष त्यही सरकारले तपाईहरुको समृद्धिको चाहना पूरा गर्ने छ ।ु

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा बुटवलका विभिन्न चोकहरुबाट जुलुससहित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तर्फको जग्गामा सभा जारी छ । सभामा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, चक्रपाणी खनाल, नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती लगायतले सम्बोधन गर्दै प्रतिगमन सच्चिनु पर्ने बताएका छन् । प्रतिनिधि सभा पुनस्स्थापनाको विकल्प नरहेको र नहुँदासम्म आन्दोलन जारी राख्नुपर्ने बताएका छन् ।

नेकपाका स्थायी समिति सदस्य, लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली केपी ओलीले एकै साथ तीन वटा विषयमा प्रहार गरेको बताएका छन् ।

संसद विघिटन गरेर छिन्नभिन्न पारेको भन्दै अब केपी ओलीविहीन कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफूहरु लागेको उनले बताएका छन् । (कान्तिपुरदैनिकबाट)