तस्विरः विकास पराजुलीको फेसबुकबाट ।

बुटवल, माघ १५ । प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले केपि शर्मा ओलीले रोजेको बाटो अबैधानिक भएको बताएका छन् । ‘निरङ्कुशताको प्रेत’का रुपमा प्रधानमन्त्री ओली खडा भएकोे उनले बताए।

ओलीको पतन हुनेमा अब कुनै शंका नभएको भन्दै उनले भने(‘सडकमा हराइन्छ,अदालतमा हराइन्छ ओलीका दिन सकिए उनले बताए ।

आफूहरुसामू ओली कि नेपालको आफ्नै बाटोमा हिड्ने विकल्प रहेको भन्दै उनले भने,‘ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता,अशान्ति र बर्बादी हो ।’

बिहीबार बुटवलमा आयोजित विरोधसभामा नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको बताए ।

आफूहरुसामू ओली कि नेपालको आफ्नै बाटोमा हिड्ने विकल्प रहेको भन्दै उनले भने, ‘ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता, अशान्ति र बर्बादी हो ।’

त्यसविरुद्ध आफूहरु खडा भएको भएको भन्दै उनले ओलीको पतन निश्चित रहेको बताए । ‘सडकमा हराइन्छ,अदालतमा हराइन्छ । तर फेरि अर्को ओली नजन्मिने ग्यारेन्टी के हो रु जनतालाई भन्नुपर्नेछ’ भुसालले भनेका छन् ।