सन्धिखर्कमा कांग्रेसका भातृ संस्थाको बैठक सम्पन्न, १९ गतेको विरोध सभाको तयारी सुरु

357
माघ ३ गते काँग्रेसले पाणिनीको दुर्गाफाटमा गरेको विरोध सभा । फाईल तस्विर ।

सुमित्रा पौडेल
अर्घाखाँची, १६ माघ । नेपाली कांग्रेसका भातृ संस्थाहरुको बैठक विपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितीको निर्देशन अनुसार आउँदो माघ १९ गते गर्ने विरोध सभाको तयारीका लागि बैठक सम्पन्न भएको छ ।

बैठकले आउँदो १९ गते हुने विरोध सभाको लागी अध्यक्षता महिला संघबाट, सञ्चालन दलित संघबाट र स्वागत नेविसंघबाट गर्ने गरी निर्णय गरिएको काँग्रेसका उपसभापति शान्ता भण्डारीले बताउँनुभयो ।

बैठकका प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले आन्दोलनलाई सफल बनाउँन गाउँगाउँबाट भातृ संगठनका कार्यकर्ता सन्धिखर्कका उत्रार्न निर्देशन दिनुभयो ।

बैठकमा सभापति मुस्कान, उपसभापति तथा महिला संघ अध्यक्ष भण्डारी, उपाध्यक्ष निर्मला अधिकारी, जानका बन्जाडे, सचिव छमा कार्की, काँग्रेस जिल्ला सदस्य चन्द्रा गैरे, संगिता बेल्वासे, सहसचिव लक्ष्मी पौडेल, तरुण दलका अध्यक्ष नारायण खड्का, नेविसंघका अध्यक्ष भरत भट्टराई, प्रेस युनियनका केन्द्रीय प्रतिनिधी घनश्याम पौडेल, दलित संघका प्रितम परियार, मुस्लिम संघका गफार मियाँ, तरुण दलका सन्धिखर्क अध्यक्ष जम्शेर मियाँ, नाई संघका दिनेश ठाकुर लगाएतको उपस्थिती रहेको थियो ।

बैठकले नेपाली कांग्रेसका सबै भातृसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको बैठकले पाटीको केन्द्रिय कार्यक्रम अनुसार भातृ संस्थाहरुले गर्ने विरोध सभालाई भव्य रुपले सम्पन्न गर्ने निर्णय गरेको छ ।