सहिद दिवसको अबसरमा पाणिनी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता

153

सुमित्रा पौडेल
सन्धिखर्क, १६ माघ । सहिद दिवसको अबसरमा अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

७ जनाको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा अमृता गिरि बिबिएस दोस्रो वर्ष प्रथम, शुभ्रदा भुसाल विए दोस्रो वर्ष दृतिय, दिपा श्रेष्ठ विएड प्रथम वर्ष तृतिय र बाबुराम नेपाली बिएड तेस्रो वर्ष शान्तव्ना भएका छन ।

वक्तृत्वकला प्रतियोगितामा क्याम्पसका उपप्रध्यापक रामलाल भुसाल निर्णायक मण्डलको संयोजकमा रहनुभएको थियो । जसको सदस्यहरुमा सहायक प्रध्यापपक मिनराज खनाल, सहायक प्रध्यापक मञ्जु घिमिरे रहनुभएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा उपप्रध्यापक विजयकुमार खत्री, स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अतिरिक्त क्रियाकलाप समितिका संयोजक धर्मराज भुसालको अध्यक्षता र नेपाली विभाग प्रमुख माधवराज चुदाँलीको सञ्चालनमा सम्पन्न भएको हो ।