प्रधानमन्त्री ओलीको सनकले देश दुर्घटनामाः काँग्रेस नेता थापा

121

काठमाडौं । नेपाली काँग्रेसका युवानेता गगन थापाले प्रधानमन्त्रीको सनकले गर्दा देश दुर्घटनामा परेको आरोप लगाएका छन । नेपाली जनताले जनताको मतको अपमान गरेको पात्रको रुपमा प्रधानमन्त्री केपी ओलीलाई चिन्ने थापाले बताए ।

नेपाली काँग्रेस क्षेत्र नं. ६ ले काठमाडौंमा शहिद दिवसको अवसरमा आयोजना गरेको विरोध सभामा नेता थापाले नेपाली काँग्रेसका केही नेताका कारण लड्डु नेताले गर्दा काँग्रेसमाथि नै प्रश्न उठेको बताए ।
पाँच वर्षका लागि केपी ओलीलाई जिम्मेवारी दिइएको तर ओलीले त्यसलाई पूरा गर्न नसकेको थापाले आरोप लगाए । ‘संविधानको जगमा उहाँलाई जिम्मेवारी दिइयो। तर शास्त्र नपढेकोले अस्त्र चलाउन जानेनन्,’ उनले भने, ‘घर बनाउन नसक्ने हो भने जानिनँ भन्नुपर्नेमा उहाँ जग भत्काउन लाग्नुभयो।’

अदालतका बारेमा काँग्रेले बोल्दैन् भन्ने भ्रममा नराखौँ, काँग्रेसले बोलेअनुसार पुस ५ गतेको असंवैधानिक कदममा अदालतले तलमाथी गर्दैन् भन्नेमा काँग्रेस विस्वस्त रहेको नेता थापाले बताए । अदालतको स्वतन्त्रताको पक्षमा हामीहरु रहन्छौँ, श्रीमानहरु संविधान पल्टाएर हेर्नुभएको छ, संविधानको सिर्जना कहाँबाट भएको हो, संविधान सभाबाट जन्मिएको हो, संविधानले विघटन गर्न नदिएपछि भारतको संविधानले यसो भन्छ, बेलायतको संविधानले यसो भन्छ, भन्ने भए तपाईहरु भारत र बेलायत जान गगन थापाले सुझाव दिए ।

बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो। पञ्चयतका बेलामा बोलेका बीपीका कार्यकर्ता आज रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्छन् । त्यो पार्टीका कार्यकर्ता हामी अदालतबारे बोल्नु हुँदैन हैन, अदालतले के गर्दै छ भनेर हेरने आँट गर्नपर्छ ।’