प्रचण्ड–नेपाल पक्षका युवराज ज्ञवाली र वर्षमान पुन सन्धिखर्कमा

476

अशोक खनाल
अर्घाखाँची, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सन्धीखर्कको जिल्ला समन्वय हलमा भोलि ११ बजे बाट सुरुहुने भएको छ ।

नेकपाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली, पार्टी स्थायी कमिटी सदस्य बर्षमान पुन, केन्द्रिय सदस्य पुर्व सभामुख तथा नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीको अर्घाखाँची आउँनुहुने भएको छ ।

त्यस्तै पार्टी केन्द्रिय सदस्य डिलाराम आचार्य, पार्टी केन्द्रिय सदस्य तथा विद्यार्थी नेता ठाकुर गैरे, केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज शुशिला श्रीपाली लगायतका नेता हरुको सहभागी हुने नेकपा अर्घाखाँची प्रचण्ड–माधव नेपाल पक्षले जनाएको छ ।