पूर्व उपप्रधानमन्त्री तथा जनमोर्चाका अध्यक्ष केसी फागुन ३ गते सन्धिखर्क आउँनुहुने

209

सन्धिखर्क, १६ माघ । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आउँदो फागुन ३ अर्घाखाँची आउनुहुने भएको छ ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले माघ ३० गतेका लागि निर्धारण गरेको समय केसीको कार्यव्यस्तताका कारण सम्भव नभएकोले फागुन ३ कार्यक्रम सारिएको अर्घाखाँचीका नेता शेरबहादुर बिसीले जानकारी दिनुभएको छ ।

उक्त दिनको कार्यकार्य भव्य रुपले सम्पन्न गर्नका लागी राजमो अर्घाखाँचीले तयारी सुरु गरेको छ ।